ad ad

रोचक


दुई वर्षअगाडि बेपत्ता भएकी महिला समुद्रमा जीवितै भेटिइन्! (भिडियो)

दुई वर्षअगाडि बेपत्ता भएकी महिला समुद्रमा जीवितै भेटिइन्! (भिडियो)

नेपालखबर
असोज १४, २०७७ बुधबार १०:५,

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ।

४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ।

प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई भेटिएको हो। उनलाई उद्धार गरेको भिडियो यतिबेला भाइरल बनिरहेको छ।

एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ।

आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्। उनले २० वर्षसम्म श्रीमानको दुर्व्यवहार सहेको र पीडा सहन नसकेपछि आफू सन् २०१८ मा घर छाडेर भागेको बताइन्।

श्रीमानले बेस्सरी पिट्दा उनको अनुहारमा ठूलो चोट थियो। श्रीमानले उनलाई मार्नै खोजका थिए। घर छाडेर भागेपछि उनले ६ महिना सडकमै मागेर खाइन्।

उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पिडा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्।

समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .