अन्तर्राष्ट्रिय स्पेस स्टेसन आइएसएसमा उक्त ‘शून्य गुरुत्वाकर्षण’ शौचालय परीक्षण गरिने बताइएको छ।
भविष्यमा फेरि अमेरिकाले मानवसहितको चन्द्र अभियान संचालन गर्नेछ।
हाल अन्तरिक्षमा गरिने शौचालय परीक्षण चन्द्र अभियानको लागि अभ्यास भएको बताइएको छ।
२३ करोड अमेरिकी डलरमा निर्माण हुने भनिएको यस शौचालयले अन्तरिक्षयात्रीको शरीरबाट निस्किएका फोहोरलाई तान्नेछ।
भ्याकुम प्रणालीको आधारमा यस शौचालय निर्माण गरिएको नासाले बताएको छ।
यस शौचालय महिला अन्तरिक्षयात्रीको सहजताको लागि डिजाइन गरिएको हो।
प्रतिक्रिया