ad ad

रोचक


सिंगापुरमा बच्चा जन्माउन प्रोत्साहित गर्न पैसा दिने योजना!

सिंगापुरमा बच्चा जन्माउन प्रोत्साहित गर्न पैसा दिने योजना!

नेपालखबर
असोज २१, २०७७ बुधबार ८:२०,

कोरोना संकटका बेला व्यापार र व्यवसाय ठप्प छ। मानिसहरुले आर्थिक समस्याका कारण सन्तान पाउने योजना स्थगित गरिरहेका हुनसक्छन्।

यसबीचमा सिंगापुर सरकारले आफ्ना नागरिकको लागि बच्चा जन्माउन तथा सन्तानको योजना स्थगित नगर्न भत्ता दिने प्रस्ताव गरेको हो।

महामारीमा बच्चा जन्माउन चाहने अभिभावकलाई कति रकम उपलब्ध गराइनेछ भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक नगरिएको सीएनएनले जनाएको छ।

बच्चा जन्माउन प्रोत्साहनस्वरूप सिङ्गापुर सरकारद्वारा दिँदै आइएको बोनसबाहेक अतिरिक्त रकम पनि दिन लागिएको हो।

सिङ्गापुरमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ।

“कोभिड–१९ का कारण बच्चा पाउन चाहने कतिपय अभिभावकले त्यो योजनालाई स्थगित गर्न चाहेको हामीले प्रतिक्रिया पाएका छौँ,” सिङ्गापुरका उपप्रधानमन्त्री हेङ स्वी कीटले सोमबार भने।

महामारीका बेला बच्चा पाउन चाहने अभिभावकलाई कति र कसरी रकम उपलब्ध गराउने विषयमा पछि जानकारी गराइने उनले बताए।

सिङ्गापुर सरकारले हाल ‘बेबी बोनस सिस्टम’ अन्तर्गत योग्य अभिभावकलाई १०,००० अमेरिकी डलरसम्म उपलब्ध गराउँदै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .