ad ad

रोचक


त्यो झिँगा जसले अमेरिकी उपराष्ट्रपतिको बहसलेभन्दा बढी चर्चा पायो! (भिडियो)

त्यो झिँगा जसले अमेरिकी उपराष्ट्रपतिको बहसलेभन्दा बढी चर्चा पायो! (भिडियो)

नेपालखबर
असोज २२, २०७७ बिहिबार ६:३९,

आगामी महिना हुने निर्वाचनमा राष्ट्रपति पदका लागि हालका राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन् भने डेमोक्रेटिक पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार छन्।

त्यस्तै उपराष्ट्रपतिका लागि हालका उपराष्ट्रपति माइक पेन्स रिपब्लिकनको तर्फबाट उठ्दैछन्। डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिस उपराष्ट्रपतिको उम्मेदवार छिन्।

केही समय अगाडि मात्र ट्रम्प र बाइडेनबीच टेलिभिजनमा पहिलो प्रत्यक्ष बहस भएको थियो। त्यहाँ दुई नेताले भोट अपिल गर्न एकअर्काविरुद्ध आरोप–प्रत्यारोप गरेका थिए। यस महिना पनि दुवैले प्रत्यक्ष बहसमा सहभागी हुने कार्यतालिका छ।

यसबीचमा अमेरिकामा स्थानीय समयअनुसार बुधबार उपराष्ट्रपतिका आकाँक्षीबीच पनि प्रत्यक्ष बहस भएको थियो। कमला ह्यारिस र माइक पेन्सले विभिन्न मुद्दा र विषयमा आफ्ना धारणा राखेका थिए।

What Do VP Picks Kamala Harris and Mike Pence Stand For?कमला ह्यारिस र माइक पेन्सयद्यपी उपराष्ट्रपतिको बहसले भन्दा बढी बुधबार बहसका क्रममा देखा परेको एक झिँगाले चर्चा कमाएको छ। कमला र माइकबीच बहस जारीरहँदा एक झिँगा आएर माइक पेन्सको शिरमा बसेको थियो।

हाल यस विषयमा अन्तर्राष्ट्रिय संचार माध्यमभर चर्चा चलिहरहेको छ। झिँगा पेन्सको शिरमा बसेको समाचार विश्वभर प्रकाशित भएका छन्।

उक्त झिँगा २ मिनेटसम्म माइकको शिरमा बसेको बताइएको छ। झिँगाकै कारण कार्यक्रम भने अवरुद्ध भएको थिएन।

यसअघि हिलारी क्लिन्टन, डोनाल्ड ट्रम्प, माइकल ब्लुमबर्गले सार्वजनिकस्थलमा सम्बोधन गर्दा उनीहरुको शरीरमासमेत झिँगा बसेको देखिएको थियो। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .