यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको नाज्का लाईन्सका भुइँमा झन्डै दुई शताब्दीअघि बनाइएका अनेकौँ रेखा र आकृतिहरू छन्।
नाज्का मरुभूमिको भुइँमा खाल्डो खनेर रङ्गीन माटो बाहिरबाट देखिनेगरी विभिन्न जीवका आकृतिहरू बनाइएको वैज्ञानिकहरूको धारणा छ।
अहिले फेला परेको बिरालोको आकृतिमा पहिला कसैको दृष्टि परेको थिएन। दृश्यावलोकन गर्ने ठाउँसम्म जान एउटा नयाँ बाटो बनाउन योजना निर्माण गर्ने क्रममा उक्त आकृति फेला परेको हो।
प्रस्तावित दृश्यावलोकन स्थलबाट पर्यटकहरूले भुइँमा बनाइएका त्यस्ता अनेकौँ आकृतिहरू देख्न सक्छन्।
पेरूको संस्कृति मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ,‘उक्त आकृति अलिअलि मात्र देखिन्थ्यो र मेटिने क्रममा थियो। किनभने त्यो र प्राकृतिक क्षयको जोखिम भएको भिरालो ठाउँमा छ।’
मन्त्रालयका अनुसार उक्त ३९ मिटर लामो आकृतिलाई गत साता सफा पारेर संरक्षण गरिएको छ। बीबीसी
प्रतिक्रिया