ad ad

रोचक


अन्तरिक्षबाटै मतदान गरिन् यी अन्तरिक्ष यात्रीले!

अन्तरिक्षबाटै मतदान गरिन् यी अन्तरिक्ष यात्रीले!

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ९:७,

कोरोना भाइरसको महामारीका कारण यतिबेला अमेरिकीहरुले निर्वाचनको मुख्य मिति अगावै मतदान गरिरहेका छन्।

विभिन्न क्षेत्रमा राखिएका मतपेटिकामा गएर भिड नगरी मानिसहरुले मतदान गरिरहेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालै मतदान गरेका थिए।

नोभेम्बर ३ मा तय भएको निर्वाचनमा रिपब्लिकनको तर्फबाट वर्तमान राष्ट्रपति ट्रम्प उम्मेदवार छन् भने डेमोक्रेटिक पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार छन्।

समय अगावै अमेरिकामा करोडौं मानिसहरुले मतदान गरिसकेका छन्। यसबीचमा एक महिला अमेरिकी अन्तरिक्ष यात्रीले अन्तरिक्षबाटै मतदान गरेकी छिन्।

अक्टोबर १४ मा अन्तरिक्षमा पुगेकी केट रुबिन्स हाल एन्टरनेसनल स्पेस स्टेसनमा छिन्। उनले अक्टोबर २३ का दिन स्पेस स्टेसनमा राखिएको भोटिङ बुथमा मतदान गरेकी हुन्।

उनले निर्वाचन उपयुक्त नेता छान्ने महत्वपूर्ण अवसर भएकाले अन्तरिक्षबाटै मतदान गरेको बताउँदै सबै अमेरिकीले मतदानमा भाग लिनुपर्ने बताएकी छिन्।

सन् १९९७ मा अमेरिकामा अन्तरिक्षबाटै मतदान गर्न पाउने कानुन बनेको थियो। रुबिन्सले सन् २०१६ मा पनि अन्तरिक्षबाटै मतदान गरेकी थिइन्। एजेन्सी

Rubins said it was an 'honour' to vote from space. Credit: NASA

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .