चीनको वुहानको माछा बजारबाट कोरोना भाइरस फैलिएकाले सि फुडको उपभोग गर्न मानिसहरुले विश्वभर प्राय कम गरेका छन्।
यसबीचमा श्रीलंकाका पूर्व मत्स्यपालन मन्त्री दिलिप वेदराचची मंगलबार माछा व्यापार र सी फुडको व्यापारलाई प्रोत्साहन गर्न एक पत्रकार सम्मेलनमा सहभागी भएका थिए।
मंगलबार उनले अनौठो तवरबाट सम्बोधन गरे। उनले त्यहाँ काँचो माछालाई खाँदै कोरोना माछाबाट सर्दैन भने।
हाल उनले काँचो माछा खाएको भिडियो इन्टरनेटमा भाइरल बनेको छ। माछा खाँदैमा कोरोना नलाग्ने उनको तर्क थियो।
उनले सबैलाई माछा लगायत सि फुड उपभोग गर्न मानिसहरुलाई आग्रह गरेका थिए। एजेन्सी
(भिडियो)
123
Shares
प्रतिक्रिया