७४ वर्षका रिचार्ड विलबैंकले गोहीले टोकिरहेको कुकुर त्यसको मुखबाट थुतेका हुन्।
फ्लोरिडाको इस्टेरोमा रहेको घर पछाडिको पोखरीमा गोहीले कुकुरलाई घिसारेर लगेपछि आफू पनि पोखरीमा हाम फालेको रिचार्डको भनाइ छ।
उनी भन्छन्,‘म कुकुरसँग पोखरी वरीपरी हिँडिरहेको थिए। गोही क्षेप्यास्त्र जसरी आयो र कुकुरलाई लिएर गयो।’
गोही त्यति छिटो दौडिएको देखेर आफू आश्चर्यमा परेको उनी सुनाउँछन्। पोखरीमा उनले गोहीको मुखलाई जबर्जस्ती खोलिदिएर कुकुर जोगाएका हुन्।
हाल कुकुरको अवस्था सामान्य भएको बताइएको छ।
कुकुर ३ महिना अगाडि मात्र जन्मिएको थियो भने गोही पनि सानो थियो। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ। एजेन्सी
(भिडियो)
प्रतिक्रिया