ad ad

रोचक


एडोल्फ हिटलर नाम भएका नेताले नामिबियामा जिते स्थानीय चुनाव

एडोल्फ हिटलर नाम भएका नेताले नामिबियामा जिते स्थानीय चुनाव

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १६:०,

नामिबियामा एडोल्फ हिटलर नामका एक नेताले स्थानीय चुनाव जितेका छन्। उनले अम्पुन्जा निर्वाचन क्षेत्रबाट काउन्सिलरको चुनाव जितेका हुन्।

उनको पुरा नाम उनोना एडोल्फ हिटलर हो।

एक जर्मन पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले नाजी विचारधारासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्।

कुनै समय नामिबिया जर्मनीको उपनिवेश थियो। त्यसैले जर्मन नाम राख्ने प्रचलन व्यापक छ।
तर, हिटलर को हुन् र उनले के गरेका थिए, थाहा नपाइकन आफ्नो बुबाले सो नाम राखिएको उनले बताएका छन्।

‘बच्चा हुँदा मलाई मेरो नाम सामान्य लाग्थ्यो। किशोरावस्थामा पुगेपछि मात्रै यो मान्छेले त संसारलाई दास बनाउन खोजेको रहेछ भन्ने थाहा भयो,’ उनले भनेका छन्, ‘तर, मलाई त्यो विचारसँग कुनै लिनुदिनु छैन।’

सन् १८८४ देखि १९१५ सम्म नामिबिया जर्मनीको अधीनस्थ थियो। १९०४ मा भएको विद्रोह दबाउन जर्मनहरुले हजारौँको हत्या गरेका थिए।

पहिलो विश्वयुद्धपछि यो क्षेत्र दक्षिण अफ्रिभित्र रह्यो। सन् १९९० मा यो मुलुकले स्वतन्त्रता पाएको हो।

त्यसयता वामपन्थी स्वापो पार्टीले यो मुलुकमा शासन गर्दै आएको छ। हिटलर सोही पार्टीका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .