कोरोनाविरुद्ध बनेका खोपहरुले स्वीकृति पाउन थालेपछि विमानका उडानहरु पनि खुल्न थालिसकेका छन्।
यसबीचमा विभिन्न देशले विमानको उडानलाई कोरोनारहित बनाउन विभिन्न उपायहरु अबलम्ब गरेको छ।
चीनले भने क्याबिन क्रुका सदस्यहरुलाई डाइपर लगाउन भनेको छ।
डाइपर अनिवार्य गरिएपछि विमानमा कोरोना भाइरस नियन्त्रणमा ल्याउन सकिने चीनको नागरिक उड्डयन प्रशासन सीएएसीले जनाएको छ।
धेरै स्थानमा विमानलाई नै स्यानिटाइज गर्ने तथा विमान भित्र मास्क, पीपीइ लगाउने प्रावधान बनेको छ।
चीनमा फ्लाइट एटेन्डेन्टलाई डाइपर लगाउन भनिएपछि विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहेका छन्।
डाइपर लगाएपछि उनीहरुले बाथरुम जानै नपर्ने भएकाले कोरोना नियन्त्रणमा यो कार्य प्रभावकारी हुने चीनको बुझाई छ। सीएनएन
648
Shares
प्रतिक्रिया