ad ad

समाज


कोरोनाबाट थप १५ को मृत्यु, ८९९ संक्रमित थपिए, १३ सय ५९ निको भए

कोरोनाबाट थप १५ को मृत्यु, ८९९ संक्रमित थपिए, १३ सय ५९ निको भए

नेपालखबर
मंसिर २७, २०७७ शनिबार १०:३३,

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ८९९ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना निको भएका छन्, योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार २३१ पुगेको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .