ad ad

रोचक


विश्वको दुर्लभ घटना : ब्राजिलमा अन्डाबाट एकसाथ निस्किए ९२ हजारभन्दा बढी कछुवा (भिडियो)

विश्वको दुर्लभ घटना : ब्राजिलमा अन्डाबाट एकसाथ निस्किए ९२ हजारभन्दा बढी कछुवा (भिडियो)

नेपालखबर
पुस २, २०७७ बिहिबार ०:४७,

ब्राजिलमा एउटा दुर्लभ घटना भएको छ। त्यहाँको पुरुस नामको नदी किनारमा एकसाथ ९२ हजारभन्दा बढी कछुवा पैदा भएका हुन्।

जसको भिडियो वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सार्वजनिक गरेको छ।

सोसाइटीका अनुसार यो दुर्लभ घटना हो, किनकि विश्वका थोरै स्थानमा मात्र यस्तो देख्न पाइन्छ। ती कछुलाई ‘साउथ अमेरिकन रिभर टर्टल्स’ भनिन्छ।

मासु र अन्डाका लागि मानिसले यसको तस्करी गर्ने गरेका उक्त कछुवाको संख्या घटेको छ। वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीका अनुसार यसरी ठूलो मात्रामा कछुवा उत्पादन हुनु ठूलो कुरा हो। त्यस क्षेत्रमा सर्वसाधारणलाई जान मनाही छ। कछुवा लोप हुन नदिन सोसाइटीले संरक्षण गरिरहेको हो।

वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीका अनुसार हरेक वर्ष प्रजननका लागि उक्त क्षेत्रमा त्यस्ता कछुवा आउँछन्। अन्डाबाट बाहिर निस्किन कछुवालाई महिनौं लाग्छ। निस्केपछि उनीहरू नदीतर्फ लाग्छन्। हरेक दिन हजारौंको संख्यामा कछुवा नदीमा प्रवेश गर्छन्।

हेर्नुहोस्, भिडियो : 

Turtle Tsunami: MOS from @WCSNewsroom on Vimeo.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .