सन् २०१७ को क्रिसमसयता केनोरा शहरका मानिसहरुलाई भेट्न यो हरिण आइरहेको छ।
विशेषगरी उक्त हरिण लि–एनी कार्भर र उनको श्रीमानलाई भेट्न आउँछ किनभने उक्त हरिणलाई सानोमा उनीहरुले पालेका थिए।
ठूलो भएपछि भने क्यारोटलाई जंगलमा छाडिएको थियो। ३ वर्षयता क्यारोट अन्य हरिणको साथमा त्यहाँ आउजाउ गर्ने गर्दछ।
मानिसहरुले पनि मायाले क्यारोट र अन्य हरिणलाई क्रिसमसको बेला खानेकुराहरु दिन्छन्।
यसपटक पनि क्यारोट केनोरा घुम्न आयो। तर मानिसहरु क्यारोटको अवस्था देखेर भावुक बने।
क्यारोटको शिरमा तिरले छेडेको देखिएको छ। धुनुकाँडले क्यारोटलाई मार्न खोजिएको थियो।
तर तिर शिरबाट छेडिएर अर्कोतिर पुग्दासमेत क्यारोट जिवितै देखेपछि मानिसहरु चकित बनेका छन्।
लि–एनी कार्भरले जब क्यारोटलाई घाइते अवस्थामा देखिन उनले क्यारोटलाई सहयोग गर्ने निधो गरिन्।
उनले पशु संरक्षण केन्द्रलाई खबर गरिन्। अहिले हरिणको शिरबाट तिर निकाल्ने काम भइरहेको बताइएको छ। एजेन्सी
भिडियो
प्रतिक्रिया