ad ad

रोचक


मंगल ग्रह पुग्ने सपना बोकेका यी ७ वर्षे बालकले तीनपटक उडाइसके विमान!

मंगल ग्रह पुग्ने सपना बोकेका यी ७ वर्षे बालकले तीनपटक उडाइसके विमान!

नेपालखबर
पुस १२, २०७७ आइतबार १०:२८,

यो प्रश्न सुन्नासाथ हाम्रो मनमा अनेक उत्तरहरु आउँछन्। ७ वर्षका बालबालिका गुडियासँग खेल्न रुचाउँछन्, आमाबुबासँग घुम्न रुचाउँछन्।

जे होस् सानै भएकाले उनीहरु अभिभावकको निगरानीमा हुन्छन्। तर केही बालबालिका भने सानैदेखि फरक प्रतिभाका हुन्छन्।

युगान्डाका ७ बर्षका बालक ग्राहम सेमा पनि त्यस्तै एक अद्भूत बालक हुन् जसले अहिलेसम्म तीन पटकसम्म प्रशिक्षार्थीको रुपमा विमान उडाइसके।

उनको सपना भनेको मंगल ग्रहमा पुग्नु हो। रोयटर्सका अनुसार ग्राहममा विमानको विषयमा अथाह ज्ञान छ र उनीसँग सानै उमेरमा विमान उडाउनसक्ने क्षमता पनि छ।

My City - Seven-year-old boy who adores Elon Musk is sensation on Ugandan  aviation scene

उनलाई युगान्डामा ‘क्याप्टेन’ उपमा दिइएको छ। स्थानीय संचारमाध्यमले उनीबारे समाचार छापेपछि यतिबेला उनी विश्वभर चर्चित बनेका छन्।

युगान्डाका लागि जर्मन राजदूत तथा देशकै यातायातमन्त्रीले उनीसँग भेटिसकेका छन्। उनी गणित र विज्ञान विषयमा निकै अगाडि छन्। उनले सेस्ना १७२ विमान तीनपटक सफल रुपमा उडाइसकेको रोयटर्सले जनाएको छ।

पाइलट र अन्तरिक्षयात्री बन्ने उनको लक्ष्य छ। स्पेस एक्स कम्पनीका मालिक एलन मस्कलाई प्रेरणाको स्रोत ठान्ने यी साना क्याप्टेनले मंगल ग्रहमा पुग्ने सपना रहेको बताउँछन्।

उनी भन्छन्,‘एलन मस्कसँग अन्तरिक्षबारे बुझ्न मन छ र उनीसँग मंगल ग्रहमा पुगेर हात मिलाउने मन छ।’

३ वर्षको हुँदा एउटा हेलिकप्टर आफ्नी हजुरआमाको घरमा ठोक्किएर दुर्घटनामा परेको देखेपछि उनलाई विमान उडाउने रहर जागेको उनको भनाइ छ।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .