ad ad

रोचक


कोरोनाको नियमविरुद्ध जब मानिसहरुले रेलभित्रै एकाएक चुम्बन गर्न थाले (भिडियो)

कोरोनाको नियमविरुद्ध जब मानिसहरुले रेलभित्रै एकाएक चुम्बन गर्न थाले (भिडियो)

नेपालखबर
पुस १८, २०७७ शनिबार ६:१७,

मास्क लगाउनु पर्ने, व्यक्ति–व्यक्तिबीचको दुरी कायम गरिनुपर्ने साथै हात धुनुपर्ने केही कोरोनाविरुद्ध अपनाइनुपर्ने नियमहरु हुन्।

रुसको एकतरिनबर्ग शहरमा भने केही मानिसहरुले कोरोनाविरुद्धका नियमहरु तोडेका छन्।

इन्डियन एक्सप्रेसका अनुसार एकतरिनबर्गको एउटा रेलमा कोरोना प्रतिबन्धको विरोधस्वरुप मानिसहरुले चुम्बन गरेको बताइएको छ।

सार्वजनिक भिडियोमा केही जोडीहरुले एकाएक चुम्बन गर्न थालेको देखिएको छ।

रेलमा कोरोनाको नियमविरुद्ध चुम्बन गरेर विरोध जनाउने एक व्यक्तिले लाइफवेबसाइटसँग भने,‘हाम्रो लक्ष्य कसैको भावनामाथि चोट पुर्याउनु होइन र हामी कुनै सार्वजनिक सेवालाई अवरोध गर्न चाहँदैनौं। सबैले कोरोनाविरुद्धको नियमको विरोध जनाइरहेका छन् हामी पनि त्यसको विरुद्धमा छौं।’

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .