६८ वर्षका पुटिनले क्रिश्चियन धर्मअनुसार तीनपटक पानीमा डुबुल्की मार्दै निस्कँदै गरेको भिडिओ यतिबेला भाइरल बनेको छ।
रोयटर्सका अनुसार जब उनी पानीमा डुबुल्की मारिरहेका थिए त्यसबेला त्यहाँको तापक्रम माइनस १४ डिग्री सेल्सियस थियो।
पुटिनले डुबुल्की मारेको वरीपरी हामीले हिउँ तथा बरफ प्रस्ट देख्न सक्छौं। क्रिश्चियनहरुले आफ्नो धर्म र आस्थाअनुसार ‘इपिफानी’ भन्ने पर्व मनाउँछन्।
क्रिश्चियन धर्मगुरु जिसस क्राइस्टलाई सम्झिएर पानीमा तीनपटक डुबुल्की मारे वर्षभरीकाे पाप पखाल्न सकिने अथवा गरेको पापमा क्षमा पाउने सकिने उक्त धर्मको विश्वास रहेको छ।
पुटिनले पनि अन्य क्रिश्चियन धर्ममा आस्था राख्नेले जस्तै यस पाप पखाल्ने संस्कारलाई अंगालेका छन्।
पछिल्लो समय पुटिन आफ्ना देशका विपक्षी नेता एलेक्सी नभाल्नीप्रतिको व्यवहारका कारण विवादित बनिरहेका छन्।
हालै नभाल्नीलाई शितयुद्धकालिन विष खुवाएर हत्या गर्न खोजिएको थियो। तर जर्मनीमा उपचार पाएपछि उनी स्वस्थ बनेर हालै रुस फर्किएका छन्।
नभाल्नी पुटिनका कट्टर आलोचक मानिन्छन्। उनले पुटिनको सरकार भ्रष्टाचारी भएको आरोप लगाउँदै आएका छन्।
आफूलाई विष पनि पुटिनकै आदेशमा खुवाइएको नभाल्नीको आरोप छ। यसबीचमा हालै रुस फर्किएका नभाल्नीलाई गिरफ्तार गरेर हिरासतमा लिइएको छ। अमेरिका, जर्मनी लगायतका मूलुकले उनलाई रिहा गर्नुपर्ने बताइरहेका छन्।
यसबीचमा पुटिनले पाप पखालेको भिडिओ सार्वजनिक भएपछि यस विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। धेरैले पुटिनलाई पापी व्यक्तिको संज्ञा दिएका छन्।
(भिडिओ)
Shares
प्रतिक्रिया