ad ad

राजनीति


प्रतिनिधि सभा विघटन मुद्दा : बहसका लागि कानुन व्यवसायीलाई आधा घण्टा समय

प्रतिनिधि सभा विघटन मुद्दा : बहसका लागि कानुन व्यवसायीलाई आधा घण्टा समय

नेपालखबर
माघ ७, २०७७ बुधबार ६:२२,

प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइ बुधबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरू भएको छ।

रिटमाथि अहिले अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरिरहेका छन्।

गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन भएपश्चात् त्यसविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमै गर्ने तय भएपछि आइतबारदेखि रिटमाथि निरन्तर बहस सुरु भएको हो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।

यसअघि सुनवाइका लागि कानुन व्यवसायीलाई समय निर्धारण नगरिएको भए पनि बुधबार भने प्रधानन्यायाधीशले आधा घण्टाभित्रै बहस सक्न रुलिङ गरेका छन्।

अधिवक्ता ज्ञवालीले बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले आधा घण्टा समय निर्धारण गरिएको जानकारी गराएका हुन्। समय निर्धारणका लागि इजलासमा टाइमर नै राखिएको छ।

बहसमा एउटै अधिवक्ताले लामो समयसम्म लिँदा मुद्दाको फैसलामा ढिलाइ हुने चिन्ता बढीरहेका बेला प्रधानन्यायाधीशले समय निर्धारण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .