द सनका अनुसार उक्त टोयलेट सिट लिलामीमा राखिएको थियो। त्यो १३ हजार ७५० पाउन्ड अर्थात् २२ लाख १९ हजार रुपैयाँमा विक्री भएको हो।
युद्धमा पराजय व्यहोरेपछि हिट्लरले सन् १९४५ अप्रिल ३० मा आत्महत्या गरेका थिए।
हिट्लरको मृत्यु भएपछि अमेरिकी सेनाहरुले हिट्लरको भत्केको घरमा लुटपाट मच्चाएका थिए।
सोही क्रममा जर्मन र फ्रेन्च भाषा बोल्नसक्ने एक जवान अमेरिकी सेना रेगनभाल्ड सी बोर्चले हिट्लरको घरको टोयलेट सिट लुटेका थिए।
उनीहरुलाई त्यहाँ जे मनपर्छ त्यही लग्न भनिएको थियो। हिट्लरले प्रयोग गर्ने अन्य धेरै सामग्री त्यसबेला लुटिएको थियो। जुन बेलाबेला अक्सनमा राखिन्छ।
3
Shares
प्रतिक्रिया