आइबार प्रेम दिवस भएकाले मानिसहरुले आफ्ना प्रेमी, प्रेमिकालाई गुलाबका फुल, टेडी बियरजस्ता उपहार दिइरहेका होलान्।
तर अमेरिकाकी ग्लोरिया नामकी एक महिलाले भने आफ्ना श्रीमानलाई अनौठो उपहार दिएकी छिन्। भ्यालेन्टाइन डेको दिन उनका श्रीमानले श्रीमतीबाट गज्जबको उपहार पाउने आशा गरेका थिए होलान्।
तर सोचेजस्तो भ्यालेन्टाइन् डे उनले मनाउन पाएनन्।
ग्लोरियाले टिकटकमा एउटा भिडियो सेयर गरेकी छन्। जहाँ उनले श्रीमानले जतिजना अन्य महिलाको फोटोहरु इन्स्टाग्राममा लाइक गरेका छन् त्यो फोटोलाई स्क्रिनसट गरेर छापेको देखिएको छ।
सोही फोटोहरु ग्लोरियाले श्रीमानलाई दिएका हुन्। उनले भिडियो क्याप्सनमा आफ्ना प्रेमीलाई कस्तो भ्यालेन्टाइन गिफ्ट दिनुभयो भनेर प्रश्न पनि गरेकी छिन्।
हाल उक्त भिडियो निकै भाइरल बनेको छ। हाल उक्त भिडियो ५० लाखभन्दा बढीपटक हेरिएको छ।
उक्त भिडियोमा मानिसहरु रमाइला प्रतिक्रिया पनि जनाइरहेका छन्। मानिसहरुले आफू प्रेमी र प्रेमिका बिहिन भएकाले आफू यस्ता दुर्घटनाबाट बच्न सकेको बताएका छन्। डेली मेल
प्रतिक्रिया