बीबीसीका अनुसार इजिप्टका पुरातत्त्वविद्हरूले झन्डै ५ हजार वर्ष पुरानो एउटा बियर उत्पादन हुने स्थल फेला पारेका हुन्।
अमेरिका र इजिप्टका पुरातत्त्वविद्हरूको संयुक्त टोलीले मरुभूमिस्थित अबाइडस क्षेत्रमा सो बियर उत्पादन हुने स्थान भेटेका हुन्।
सो स्थानमा प्राचीन समाधिस्थल पनि रहेको बताइएको छ।
उक्त कारखाना ठूलो मात्रामा बियर उत्पादन गर्ने संसारकै सबैभन्दा पुरानो कारखाना भएको अनुमान गरिएको छ।
त्यहाँ एक पटकमा २२ हजार ४०० लिटर बियर उत्पादन गरिएको हुन सक्ने अनुमान गरिएको छ।
त्यहाँ बियर बनाउन प्रयोग हुने सामग्रीहरु भेटिएको छ। अन्न र पानी मिसाउनका लागि प्रयोग भएका झन्डै ४० वटा भाँडा त्यहाँ भेटिएका छन्।
उक्त बियर कारखाना राजा नार्मरको शासनकालको हुनसक्ने इजिप्टको पुरातातात्त्विक निकायको अनुमान छ।
प्रतिक्रिया