ad ad

कारोबार


धनगढीको त्रिनगर कृषि हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

धनगढीको त्रिनगर कृषि हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ११:४१,

माछापुच्छ्रे बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत भुक्तानी गरी उक्त सेवाको सुरु गरेका हुन्।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक घिमिरेले काठमाडौंबाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ«े बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिष्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक घिमिरेले गोलभेँडा तथा टपरी किनेर क्युआर कोडमार्फत उक्त सामानको रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए। सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .