दूरी जति त्यतिनै माया बढ्छ भनेर अनगिन्ती साहित्य पनि कोरिएका छन्च र चलचित्र बनेका छन्।
जे भएपनि ‘सम्बन्ध विश्वासमा अडिएको हुन्छ’ भन्ने भनाइलाई सबै समयका मानिसहरुले स्वीकार गरेका छन्।
प्रेम सम्बन्धमा रहेका मानिसहरुले आफ्नो माया चोखो रहेको पुष्टि गर्न विभिन्न तवर र तरिका अपनाउँछन् पनि।
युक्रेनमा भने एलेक्जेन्डर र भिक्टोरिया नाम गरेका एक जोडीले आफ्नो माया चोखो रहेको पुष्टि गर्न र विश्वास परीक्षण गर्न तीन महिनासम्म हथकडी लगाउने घोषणा गरेका छन्।
यो समाचार यतिबेला विश्वभर भाइरल बनेको छ। यसै महिनाको १४ तारिख अर्थात् प्रेम दिवसको दिन देखि उनीहरुले हथकडी लगाउन थालेको ल्याड बाइबलले जनाएको छ।
उनीहरुले तीन महिनासम्म हथकडी लगाउने छन्।
यस अवधिमा हथकडी लगाएका उनीहरु जता गए सँगै गएका छन्। सामाजिक संजालमा उनीहरुले आफ्नो बारेमा अपडेट दिइरहेका छन्।
उनीहरु सँगै नुहाउँछन् भने उनीहरुले बाथरुम पनि एउटै प्रयोग गरेका छन्।
प्रतिक्रिया