प्रदेश १ को राजधानी विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शक्ति प्रदर्शन गरेको छ।
शनिबार प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा लगायतको उपस्थितिमा नेकपाले विराटनगरमा शक्ति प्रदर्शनसहित आमसभा गरिरहेको छ।
विराट नर्सिङ होमको पूर्व मैदानमा आयोजना आमसभा अगाडि सहरका विभिन्न स्थानबाट जुलुससमेत निकालिएको थियो।
सभामा दुई लाख मानिस उतार्ने नेकपाले दावी गरेको छ।
प्रतिक्रिया