ad ad

रोचक


जसले फेला पारे मान्छेको जस्तै अनुहार भएको माछा !

जसले फेला पारे मान्छेको जस्तै अनुहार भएको माछा !

नेपालखबर
फागुन १६, २०७७ आइतबार १३:५५,

इन्डोनेसियामा ४८ वर्षीय अब्दुल्ला नुरन नामका व्यक्तिले एक अनौठो माछा पक्रेका छन्।

उनले पक्रेको माछा सार्कको बच्चा हो, जसको अनुहार मान्छेको जस्तै छ।

अब्दुल्लाको दाबी छ– मैले पूर्वी नुसा तेङ्गारा प्रान्तमा एक सार्क माछा पक्रेको थिएँ, जुन गर्भवती थियो। जब उसको पेट चिरियो तब तीनवटा बच्चा फेला परे। जसमध्ये दुइटा सार्ककै बच्चा जस्ता छन्, तर एउटाको मुख भने मान्छेको अनुहारसँग मिल्दाजुल्दो छ।

अब्दुल्लाका अनुसार सार्कको एउटा बच्चामा मानिसका जस्तै ओंठ र आँखा छन्।

fishman1

जब यस्तो माछा घरमा ल्याए तब उनको परिवारका सदस्य अचम्ममा परे। अहिले त्यो माछा हेर्न उनको घरमा मानिसको भीड लागेको छ।

कतिपयले त्यो माछा किन्न मागेका छन्। तर आफू बेच्न नचाहने उनले बताएका छन्। उनी भन्छन्, ‘मलाई लाग्छ यो माछा मेरा लागि भाग्यशाली साबित हुनेछ।’ स्रोत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .