समाजिक संजालमा उक्त तस्बिर निकै भाइरल बनेको थियो।
बेलायतको कर्निस समुद्री तटमा हिँडिरहेका डेभिड मोरिसले उक्त तस्बिर खिचेको बीबीसीले जनाएको छ।
वैज्ञानिकहरुका अनुसार खासमा उक्त पानी जहाज हावामा उडेको थिएन।
समुन्द्रमा उत्पन्न हुने अवस्था ‘सुपरियल मराज’का कारण उक्त पानी जहाज हावामा उडेकोजस्तो देखिएको बीबीसीका मौसमविद् डेभिड ब्रेनले बताएका छन्।
सुपरियर मराजका कारण ‘अप्टिकल इलुजन’ हुने र त्यसले हाम्रो आँखा छल्ने उनको भनाइ छ।
चिसो आर्कटिक क्षेत्रमा सुपरियर मराजको अवस्था सामान्य मानिन्छ। तर बेलायतमा देखिएको यो अवस्थालाई दुर्लभ मानिएको छ।
उडिरहेको पानी जहाज देख्दा आफू अचम्ममा परेको डेभिड बताउँछन्।
मौसम विद् ब्रेन भन्छन्,‘उल्टो तापक्रम ‘टेम्पेरेचर इन्भर्जन’ जस्तो विशेष मौसम अवस्थामा सुपरियर मिराग उत्पन्न हुन्छ, त्यसबेला समुद्रमा चिसो हावामाथि तातो हावा हुन्छ।’
चिसो हावाको घनत्व तातो हावाभन्दा बढी भएकाले हामीले टाढाबाट पानी जहाजलाई उडेको जस्तो देखिएको तर त्यो पानीमै तैरिरहेको हुने उनको भनाइ छ।
यसअघि पनि वैज्ञानिकहरुले सुपरियर मराजको विषयमा अनुसन्धान गरिसकेका छन्। यस विषयमा वृत्तचित्रहरु पनि बनेका छन्।
(भिडिओ)
प्रतिक्रिया