ad ad

राजनीति


संसद भवन पुगेर पनि बैठकमा नबसी फर्के प्रधानमन्त्री

संसद भवन पुगेर पनि बैठकमा नबसी फर्के प्रधानमन्त्री

नेपालखबर
फागुन २६, २०७७ बुधबार ८:२,

प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु हुनुभन्दा अगाडि संसद भवन पुगे पनि बैठकमा भने नबसी फर्केका छन्।

प्रतिनिधि सभा बैठकका लागि १५ मिनेट अगाडि संसद भवन पुगेका प्रधानमन्त्री बैठक सुरु नहुँदै त्यहाँबाट फर्केका हुन्।

प्रधानमन्त्री ओली बाहिरिँदै गर्दा पत्रकारले बैठक सुरु नहुँदै बाहिरिनुको कारणबारे प्रश्न गर्दा उनले ‘यति भए भैगो नि’ भन्ने जवाफ दिएका थिए।

यसअघि आइतबार बसेको संसद बैठकमा पनि प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बाहिरएका थिए।

प्रतिनिधि सभा बैठकमा आज एकै दिन १४ जना पूर्व तथा बहालवाला सदस्यको शोक प्रस्ताव पारित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .