चन्द्रमादेखि मंगल ग्रहसम्म पुग्ने अन्तरिक्ष यान निर्माण भएको छ, पृथ्वीको एक कुनामा बसेर हामी अर्को कुनामा बसेका आफन्तहरुसँग हरेक सेकेन्ड कुराकानी गर्न सक्छौं।
अथवा हरेक समय विश्वका नयाँ घटनाक्रमहरु थाहा पाउन सक्छौ हामी। शिक्षा, स्वास्थ्य, यातायात तथा संचारको क्षेत्रमा प्रविधिकै कारण नाटकीय बदलाव महसुस भइरहेको हो।
प्रविधिको प्रयोगबाट जस्ता गाह्रो काम पनि सहज र सरल ढंगबाट सम्पन्न गर्न सकिने भएकाले यतिबेलाको युग प्रविधिमय छ।
यस क्रममा उड्नेदेखि गुड्ने हाइपरसोनिक रेल तथा कारहरुको पनि विकास भइरहेको छ। यो प्रविधिकै देन हो।
हुँदा–हुँदा अब मानिसले रोवोटिक कुकुरलाई समेत मर्निङ वाकमा लान थालेका छन्।
प्राविधिक प्रयोजनका लागि बनाइएको रोवोटिक कुकुर खरिद गरेर फ्लोरिडाको समुद्रको किनारमा एक महिलाले मर्निङ र इभिनिङ वाक गरेकी हुन्।
भिडिओ
पहिले–पहिले मानिसहरु जैविक कुकुरसँग मर्निङ वाकमा जान्थे यतिबेला यो घटनाले मानिसहरु प्रविधिसँग निकै नै आकर्षित भएको प्रस्ट बुझ्न सकिन्छ।
उक्त रोवोटिक कुकुरको मूल्य ७५ हजार अमेरिकी डलर भएको डेली मेलले जनाएको छ। उक्त रोवोटिक कुकरको नाम ‘स्क्र्यापी’ भएको बताइएको छ।
उक्त कुकुरले जैविक कुकुरजस्तै कराउने र उफ्रिनसक्छ। यसअघि चीनमा कोरोना महामारीका बेला यस्ता कुकुरको प्रयोग भएको थियो।
उक्त कुकुरमा सफ्टवेयर, क्यामेरा र स्पिकर जोडिएको थियो। त्यसले भीडभाडमा बसिरहेका, मास्क नलगाएका मानिसलाई कोरोनाको नियम पालना गर्न आग्रह गर्थ्यो।
भिडिओ
प्रतिक्रिया