ad ad

राजनीति


मेलम्चीको पानी काठमाडौँ आइसक्यो, केही दिनमा धारामै आउँछ : प्रधानमन्त्री

मेलम्चीको पानी काठमाडौँ आइसक्यो, केही दिनमा धारामै आउँछ : प्रधानमन्त्री

नेपालखबर
फागुन २९, २०७७ शनिबार ९:२४,

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौँ आइसकेको र केही दिनमा धारमै आउने बताएका छन्।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली अहिले मेलम्चीको पानी अहिले बागमतीमा बगिरहेको बताएँदै उनले केही दिमा धारामै पानी आउने बताएका हुन्।

उनले मेलम्चीको पानी आउँदै भन्ने आशंकालाई चिर्दै काठमाडौँमा पानी झारेको दावी गरे।

‘हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, अहिले बागमतीमा बगिरहेको छ, तपाईंहरुले देख्नुभएकै छ’, उनले भने, ‘केही दिनभित्रै काठमाडौँका घरका धारा–धारामा पानी आउनेछ।’

उनले सरकार तमाम विरोध र अपरोध झेलेर विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .