समाचार संस्था पीटीआईलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारी अनुसार आसामस्थित एउटा मतदान केन्द्रमा मतदाताभन्दा झन्डै दुई गुणा बढी मत खसेको हो।
आसामको विधानसभा निर्वाचनमा गत अप्रिल एक तारिखमा भएको मतदानमा ९० भोटरको मतदान केन्द्रमा १७१ भोट खसेको बताइएको छ।
चुनावमा यसरी मतदाताभन्दा बढी भोट खसेसँगै त्यहाँको निर्वाचन आयोगले विधानसभा क्षेत्र खोटलिर एलपी विद्यालयको मतदान केन्द्रमा खटेका पाँच निर्वाचन अधिकारीलाई निलम्बन गरेको छ।
त्यहाँ फेरि निर्वाचन गराउन आदेश दिइएको छ।
प्रतिक्रिया