तर बेलायतमा एक व्यक्ति भने भाग्यशाली सावित भए। उनले अनलाईनमा स्याउ खान मन लागेर स्याउको लागि डिजिटल पेमेन्ट गरेका थिए तर जब उनको घरमा आइफोन आइपुग्यो उनी तीनछक्क परे।
ट्विकेनह्यामका निक जेम्स खाद्य सामग्री बोक्ने झोलामा नयाँ आइफोन देखेपछि अलमल्लमा परेका थिए।
द मिररका अनुसार ५० वर्षका जेम्सले टेस्कोबाट स्याउ मगाएका थिए। झुक्किएर भने उनलाई आइफोन दिइएको थिएन।
उनलाई आइफोन एसइ उपहार स्वरुप दिइएको रहेछ। टेस्कोले आफ्ना ग्राहकको लागि आइफोन, एयरपोड तथा समसुङका उत्पादनहरु उपाहार स्वरुप दिँदा जेम्स आइफोन पाउने भाग्यशाली ग्राहक बनेका हुन्।
— Nick James (@TreedomTW1) April 10, 2021A big thanks this week to @Tesco & @tescomobile. On Wednesday evening we went to pick up our click and collect order and had a little surprise in there - an Apple iPhone SE. Apparently we ordered apples and randomly got an apple iphone! Made my sons week! 😁 #tesco #substitute pic.twitter.com/Mo8rZoAUwD
प्रतिक्रिया