विश्वका अधिकाँश मूलुकमा खोप कार्यक्रम जारी छ।
यद्यपी केही मानिसहरु अझैपनि हल्लाको पछाडि लागेर कोरोना भाइरसको संक्रमणबाट बच्ने आशामा डाक्टरले सुझाव नदिएको कार्यहरु गरिरहेका छन्।
फेसबुक लगायतका सामाजिक संजालमा लसुन धेरै मात्रामा सेवन गर्दा कोरोनाबाट बच्न सकिने भनेर हल्ला चलेपछि चीनकी एक महिलाले एकैदिनमा साढे १ केजी लसुन खाएकी छिन्।
डब्लूएचओका अनुसार लसुन स्वास्थ्यवर्धक खाद्य पदार्थ त हो तर यसले कोरोना भाइरसलाई रोक्ने आधार भेटिएको छैन।
जब जेजियाङ प्रान्तकी ती महिलाले एकैदिन धेरै मात्रामा लसुन खाइन् उनको घाँटीमा गम्भीर समस्या मात्र देखा परेको थियो।
ती महिलाले बोल्नै नसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रतिक्रिया