योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
आज बालुवाटार पुगेर भट्टराईले प्रधानमन्त्रीलाई भेटेका हुन्।
भेटको क्रममा उनले ओलीलाई पार्टी एकता जोगाउन आग्रह गरेका थिए।
ओलीले मंगलबार भट्टराईसहित २७ सांसदलाई अल्टिमेटमसहित स्पष्टीकरण सोधेका थिए।
पार्टी एकता जोगाउन अध्यक्ष ओलीको भूमिका महत्वपूर्ण रहने बताउँदै उनले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसँग संवाद अघि बढाउन आग्रह गरेका थिए।
पार्टी एकता जोगाउन आफ्नो स्थानबाट भूमिका खेल्ने उनले ओलीलाई बताएका थिए।
प्रतिक्रिया