२५ वर्षकी हालिमा सिसेले डाक्टरको अनुमानभन्दा पनि बढी सन्तान जन्माएको मालीको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार पाँच छोरी र चार छोरालाई सिसेलले जन्म दिएकी छिन्।
द गार्जियनका अनुसार डाक्टरहरुले सिसेलले ७ वटा बच्चा जन्माउने अल्ट्रासाउन्ड गरेर बताएका थिए।
तर अपरेसन गरेर बच्चाहरु आमाको पेटबाट बाहिर निकाल्दा भने त्यहाँ ९ वटा शिशु थिए।
मालीका स्वास्थ्यमन्त्री फान्टा सिबीले एएपफीसँग कुरागर्दै हाल आमा र सन्तानको अवस्था सामान्य भएको बताएका छन्।
प्रतिक्रिया