जापानमा ‘समय पैसा हो’ भन्ने भनाइ निकै प्रचलित छ।
प्रतिघण्टा १५० किलोमिटरको गतिमा कुद्ने हिकारी ६३३ नामक बुलेट रेल गन्तव्यमा एक मिनेट किन ढिला पुग्यो भनेर जापानको केन्द्रीय रेलवे कम्पनीले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा बुलेट ट्रेनका ड्राइभरले आफू ३ मिनेटको लागि शौचालय गएका कारण रेल गन्तव्यमा एक मिनेट ढिला पुगेको उत्तर दिएका थिए।
सो रेलमा १६० यात्रु थिए। वास्तवमा समयको महत्वलाई बुझेरै उनी प्रतिघण्टा १५० किलोमिटर कुद्ने रेल कन्डक्टरलाई सुम्पिएर बाथरुम गएका थिए।
उनी भन्छन्,‘म चाहदिँन थिए रेल ढिला पुगोस्।’
पेटमा गडबडी भएपछि उनी बाथरुम जान बाध्य भएका थिए। यद्यपी रेलवे कम्पनीले ड्राइभरको कार्यलाई ठूलो त्रुटी भनेको छ।
बुलेट रेल पुरै कम्प्युटर प्रणालीमा आधारित हुन्छ। दक्ष चालक ककपिटबाट बाहिरिँदा उनले कमान्ड सेन्टरलाई सूचना दिनुपर्दछ।
यद्यपी कन्डक्टरले रेल सहि तवरबाट चलाएका थिए।
कमान्ड सेन्टरलाई सूचना नदिएकाले बुलेट ट्रेनका चालक र कन्डक्टर दुवैलाई कारवाही हुने बताइएको छ। एनडीटीभी
प्रतिक्रिया