ad ad

राजनीति


माधव नेपाल समूहका सांसदले देउवाका पक्षमा हस्ताक्षर गर्दैगर्दा योगेश भट्टराईले भने: धैर्य गरौं

माधव नेपाल समूहका सांसदले देउवाका पक्षमा हस्ताक्षर गर्दैगर्दा योगेश भट्टराईले भने: धैर्य गरौं

नेपालखबर
जेठ ९, २०७८ आइतबार १२:४७,

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिशोधको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा नपुर्‍याएको भन्दै आफ्ना नेतालाई वार्ता गर्न आग्रह गरेका छन्।

माधव नेपाल पक्षका अन्य सांसदले नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पनि उनले पार्टी एकताका लागि आफूले हस्ताक्षर नगरेको बताएका थिए।

तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गर्दै प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्च अदालतमा मुद्दा हाल्न आज नेपाल पक्षका २१ सांसदले पुनः देउवाका पक्षमा हस्ताक्षर गरिरहेका बेला नेता भट्टराईले भने बदलाको राजनीति नगर्न चेतावनी दिएका हुन्।

‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्‍याएको छैन र पुर्‍याउँदैन पनि,’ नेता भट्टराईले आइतबार अपराह्न सामाजिक सञ्जालमाफर्त आग्रह गरेका छन्, ‘पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौं।धैर्य गरौं, संवाद गरौं।’

यो पनि : माधव नेपाल समूहका यी २१ सांसदले गरे देउवाको पक्षमा हस्ताक्षर, थपिने क्रम जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .