सामान्यतः एक अर्कालाई राम्रोसँग चिनेपछि मात्र विवाह गरिन्छ, दुई बिचको परिवारको पनि मन मिल्नुपर्छ।
तर भारतमा भने विवाहकै दिन एक पुरुष मण्डपबाटै भागेका छन्।
कर्नाटकको चिकामगालुरु जिल्लाको तिरिकारे तालुक गाउँमा बेहुला नबीन विवाह समारोहबाट भागेका हुन्।
बेहुला हराएपछि उनको खोजी गरिएको थियो। यो घटनाले बेहुला र बेहुलीकै परिवार विक्षिप्त बनेका थिए।
अनेक प्रयास गर्दा पनि नवीन नभेटिएपछि बेहुली सिन्धुले विवाहमा पाहुनाको रुपमा उपस्थित भएका एक पुरुषसँग सोही मण्डपमा विवाह गरेका थिए।
सिन्धुको परिवार र ती पुरुषका परिवारबीच सहमति भएपछि विवाह गरिएको बैंगलौर मिररले जनाएको छ।
यो घटनापछि बेहुलीको परिवारले विवाहको दिन भाग्ने नबीन र उनका परिवारमाथि मानहानीको मुद्दा हालेका छन्।
6
Shares
प्रतिक्रिया