गतवर्षको जुन ५ मा दक्षिणपश्चिमी लन्डनको फुलह्याममा रुस्लान सामसुतदिनोभको साथबाट प्रहरीले सो रकम फेला पारेका हुन्।
प्रहरीका अनुसार उनी कारमा बोक्नै नसक्ने झोला हाल्न खोजिरहेका थिए। सुरुवातमा प्रहरी उनलाइ सहयाेग गर्न चाहन्थे तर शंका लागेर प्रहरीले खोजतलास गर्दा सो झोलामा नगद ५० लाख पाउन्ड भेटिएको थियो।
लन्डन प्रहरीले हालसम्म नगद पैसा यो मात्रामा भेटेको पहिलो घटना थियो।
सो पैसा उनले अवैध रुपमा कमाएको प्रहरीले बताएको छ। ती व्यक्ति कालो धनलाई सेतोधन बनाउने प्रयासमा थिए।
यस्तै प्रहरीले रुस्लानको घरबाट ३९ हजार युरो र ८ हजार पाउन्ड पनि फेला पारेका थिए।
सो पैसा बन्दुक देखाएर धम्क्याएर, लागुपदार्थ बेचेर आर्जन गरिएको जनाइएको छ।
अदालतले लामो समयको अनुसन्धानपछि शुक्रबार मात्र रुस्लानसहित उनका दुई साथी सर्गेज्स अजिन्स र सर्वान अहमदीलाई जेल सजाय सुनाएको छ।
३६ वर्षका रुस्लानलाई ३ वर्ष ९ महिना, अजिन्सलाई ३ वर्ष चार महिना र अहमदीलाई १ वर्ष ८ महिनाको जेल सजाय सुनाइएको हो।
उनीहरुलाई १५० घण्टासम्म तलबिहीन काम गराइने पनि बताइएको छ। सीएनएन
प्रतिक्रिया