ad ad

राजनीति


वकिल र सांसदको न्यायाधीशसँग नातासम्बन्ध खोज्ने दिन नआओस् : महान्यायाधिवक्ता बडाल

वकिल र सांसदको न्यायाधीशसँग नातासम्बन्ध खोज्ने दिन नआओस्  : महान्यायाधिवक्ता बडाल

नेपालखबर
जेठ १६, २०७८ आइतबार ७:५२,

संसद विघटनको मुद्दाको जवाफी बहसमा महान्यायाधिवक्ता रमेश बडाल उपस्थित भएका छन्। उनलाई पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एक घण्टा समय दिएका छन्।

उनले न्यायाधीशहरुको यो मुद्दामा कहीँ पनि सार्थक सम्बन्ध नभएको बताएका छन्। उनले यसमा नेकपा एमालेलाई विपक्षी नबनाइएको बताए।

अहिलेको मुद्दा प्रधानमन्त्री केपी ओलीको विपक्षमा रहेको उनले बताए।

'बम कुमार श्रेष्ठ, तेजबहादुर केसी र प्रधानन्यायाधीशले हेर्न मिल्दैन भने सर्वोचच अदालतले कुनै पनि मुद्दा केपी ओलीविरुद्ध हेर्न मिल्दैन', उनले भने, 'कुनै न कुनै मुद्दा सबै न्यायाधीशले हेर्नु भएको छ। नेपाल सरकारविरुद्धका कुनै पनि मुद्दा हेरेको श्रीमानले दोहोराएर अर्को सरकारविरुद्धको मुद्दा हेर्न मिल्दैन। कोही पनि श्रीमान बाँकी रहनुहुन्न। त्यसो हो भने निर्वाचन तोकिएको छ। जनतालाई नै छाडिदिउँ। होइन भने यो इजलास सही छ।'

निवेदनभन्दा बाहिर गएर बहस गर्न नमिल्ने उनले बताए। 'माननीय न्यायाधीशहरुले पनि कसैले प्रचण्ड, कसैले शेरबहादुर देउवा कसैले विद्या भण्डारीको पक्षमा फैसला गर्नु भएको छ। विपक्षीले उठाएको प्रश्नमा जाने हो भने हामी पनि निवेदन दिन्छौं २० जना श्रीमान नै यो मुद्दाको लागि ठिक हुनुहुन्न भनेर।'

'यो निवेदनमा २९ जना कानुन व्यवसायी र १४६ जना सांसद निवेदक हुनुहुन्छ। उहाँहरुको पनि न्यायाधीशसँग कुनै सम्बन्ध छ कि छैन भनेर नातागोता खोजी गर्ने स्थिति नआओस् श्रीमान' बडालले भने, 'उहाँहरु यसअघि हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि इजलास छाड्नु भयो उहाँहरु त पल्किनु भएछ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .