उनले रुसका राष्ट्रपति भ्लादमिर पुटिनलेजस्तै बिना टिसर्ट घोड सवार गरेर साथै बन्दुक बोकेर तस्बिरहरु खिचाएका छन्।
यतिबेला उनलाई देशमा सबैले ‘मुक्का’ भनेर चिन्न थालेका छन्। वास्तवमा सन् २०१२ मा एक सांसदलाई मुक्काले हिर्काएपछि उनलाई त्यसयता मुक्का उपनामबाट चिन्ने गरिएकाे छ।
उनी देशको पूर्व प्रधानमन्त्रीसमेत हुन्। राष्ट्रपतिको निर्वाचनमा हालै ७० प्रतिशत मत प्राप्तगर्दै उनी विजयी भएका हुन्।
सन् २०१२ मा सांसदलाई मुक्का हानेका उनले त्यसयता आफ्नो छवी सुधार्ने प्रयत्न गरिरहेका छन्। तर पनि मानिसहरु उनलाई ‘मुक्का’को उपनामले चिन्दछन्।
राष्ट्रपतिमा निर्वाचित उनले हालै आफूले देशको समृद्धीको लागि काम गर्ने प्रतिवद्धता जनाउँदै सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन्। एससीएमपी
प्रतिक्रिया