उत्तर प्रदेशमा दुईवटा टाउको जोडिएको बाछो जन्मिएको नवभारत टाइम्सले जनाएको छ।
उक्त बाछोको चारवटा आँखा, दुईवटा मुख र दुईवटा कान भएको बताइएको छ।
चन्दौली जिल्लास्थित अरविन्द यादवको गाईले आइतबार यस्तो अचम्मको बाछो जन्माएको हो।
हिन्दुधर्ममा आस्था राख्नेहरुले गाइलाई भगवान मान्दछन्। यो अचम्मको बाछो भगवानको चमत्कारको कारण जन्मिएको भन्दै यतिबेला त्यसलाई हेर्न आउनेको भीड लाग्ने गरेको छ।
तर भेटेरिनेरी डाक्टरहरुले भने भ्रुणको विकासमा समस्या आएका कारण त्यस्तो बाछो जन्मिएको बताएका छन्।
प्रतिक्रिया