यतिबेला रोनाल्डोले कोकको बोतल हटाएजस्तै फ्रान्सका फुटबल स्टार पल पोग्बाले आफ्नो अगाडिको टेबलबाट हाइनकेन बियरको बोतल हटाएका छन्।
पोर्चुगल र हंगेरीबीचको खेल अगाडिको पत्रकार सम्मेलनमा पोर्चुगिज रोनाल्डोले कोकको बोतल हटाएका थिए।
ठिक सोही शैलीमा फ्रान्सका पोग्बाले जर्मनीविरुद्धको खेल अगाडिको पत्रकार सम्मेलनमा हाइनकेन बियरको बोतल टेबलबाट हटाएका हुन्।
(पोग्बाको भिडिओ)
रोनाल्डोले कोक, फेन्टा र पेप्सीजस्ता गुलिया पेय पदार्थ स्वास्थ्यको लागि हानिकारक भएको बताउँदै आएका छन्। पोग्बा भने मुस्लिम धर्ममा आस्था राख्ने मानिस हुन्।
मुस्लिम धर्ममा मदिरालाई प्रतिबन्ध लगाइएको छ। जसका कारण मुस्लिम भएकै हुनाले उनले बियरको बोतल हटाएको बताइएको छ।
काेकाकाेला र हाइनकेन बियर दुवै युराे कपका प्रायाेजक हुन्। यी कम्पनीले प्रदान गरेकाे विज्ञापनबाट युराेकपले राम्राे आम्दानी गर्दछ। रोनाल्डो र पोग्बाको कार्यले भने सो कम्पनीको छवीमा आँच पुर्याउने अनुमान गरिएको छ।
यो पनिः रोनाल्डोका कारण कोकाकोलालाई ४ अर्ब डलर घाटा, भिडिओमा हेर्नुस् के भएको थियो?
(रोनाल्डोको भिडिओ)
प्रतिक्रिया