थप उपचारका लागि नयाँ दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भेटका छन्।
नर्भिक अस्पताल पुगेरका पोखरेललाई खनालले पार्टीलाई मिलाउन आग्रह गरेका थिए।
‘तपाईंले पार्टी मिलाउनुस् कमरेड', खनालले भनेका थिए। खनाललाई पोखेलले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं,’ भनेका थिए।
नेता खनाललाई नेपाल एयरलाइन्सको जहाजमार्फ़त थप उपचारका लागि आजै भारतको नयाँ दिल्ली लगिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि खनाल सोमबार थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।
अस्पतालले उनलाई 'पोष्ट कोभिड' समस्या भएको आशंकामा उपचार सुरु गरेको थियो।
तर उनमा पोष्ट कोभिड भन्दा भिन्न समस्याहरु देखिएपछि थप उपचारका लागि अस्पतालले दिल्ली लैजान सुझाव दिएको हो।
प्रतिक्रिया