उनीहरु घुम्दा होस् या खाँदा अथवा बाथरुम नै जाँदा पनि सँगै जान्थे।
यिनीहरुको यस प्रेम परीक्षणको क्रियाकलापलाई विश्वभरका मानिसहरुले रुचीका साथ हेरिरहेका थिए।
तर अन्ततः १२३ दिनसम्म हथकडी लगाएका उनीहरु छुट्टिएका छन्।
कार्किभ शहरकी भिक्टोरिया पुस्तोभितोभा र अलेक्जेन्डर कुडालेले गत फेब्रुअरी १४ प्रेम दिवसका दिन हथकडी लगाएका थिए।
हथकडी लगाउने योजना भिक्टोरियाको थियो। उनका अनुसार हथकडी लगाएर सँगै १२३ दिनसम्म बस्दा पनि प्रेमी अलेक्जेन्डरले आफूलाई वास्ता नगरेको उनको गुनासो छ।
ब्रेकअप गरेसँगै रोयटर्ससँग भिक्टोरियाले आफूले गरेजस्तो कार्य कसैले गर्न नहुने र हथकडी लगाएको समयमा आफूले आफ्नो व्यक्तिगत जीवन धेरै याद गरेको बताएकी छिन्।
सम्बन्ध विश्वासमा अडिएको हुन्छ तर सँगै हुँदा पनि विश्वास नभए प्रेम सम्बन्ध नटिक्ने उनको भनाइ छ।
उनीहरुले यतिबेला हथकडी निकालिसकेका छन्।
प्रतिक्रिया