उत्तर–पश्चिमी चीनको गान्सु प्रान्तको वाङजियाचुआनमा सन् २०१५ मा भेटिएको जीवाश्मलाई वषौं अनुसन्धान गर्दा पृथ्वीमा ‘पारासेराथिरियम लिनसियन्स’ प्रजातिको गैंडाको बारेमा थाहा भएको हो।
कम्युनिकेसन्स बायोलोजी जर्नलका अनुसार यस प्रजातिको गैंडा हालका जिराफभन्दा अग्ला थिए भने यो अफ्रिकी हात्तीभन्दा चार गुणा वजनदार थिए।
२ करोड ६५ लाख वर्ष अगाडिका यी गैंडाहरु २१ टनका हुन्थे।
हालका गैंडाका जस्ता सिंग नभएका ती गैंडाले २३ फिट माथिसम्मका रुखका पातहरु खान्थे। बीबीसी
प्रतिक्रिया