यसको मतलब उनीहरुलाई प्रेमी–प्रेमीका भेट्ने माध्यम चाहिएको छ। सायद यसै कारणले होला चीनको सत्ताधारी पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको युवा शाखाले एक्ला युवा युवतीको जोडी मिलाउने योजना ल्याएको छ।
यस कार्यले उनीहरुले आफ्ना उपयुक्त प्रेमी–प्रेमीका सहज रुपमा भेट्टाउनसक्ने अनुमान गरिएको छ।
युवा शाखाले ‘लभ ट्रेन’ अर्थात् प्रेम रेल सेवा संचालनमा ल्याएका छन्। बिजनेस इन्साइडरका अनुसार यो रेल सेवा रात्रिकालिन रेल सेवा हो।
यस रेलमा एकपटकमा हजार एक्ला युवा युवतीले यात्रा गर्न सक्दछन्। रेलको नाम वाइ९९९ रहेको छ।
यस रेलले चोङकिङदेखि किनजियाङसम्मको यात्रा गर्नेछ। उक्त दुई दिनको यात्रामा युवा युवतीले आफ्नो प्रेमी प्रेमीका भेट्टाउने छन्। नभेटे अर्कोपटक पनि उनीहरुले यात्र गर्नसक्छन्।
यस रेलले प्रेमी प्रेमीकाको भेट्नका लागि पुलको काम गरेको उक्त रेल सेवामा यात्रा गरेका एक यात्रु हुवाङ सुङले बिजनेस इन्साइडरलाई बताएका छन्।
प्रतिक्रिया