ad ad

रोचक


कस्तो संयोग: ९/११ गते, ९ः११ बजे जन्मिइन् ९.११ पाउन्ड तौल भएकी बालिका

कस्तो संयोग: ९/११ गते, ९ः११ बजे जन्मिइन् ९.११ पाउन्ड तौल भएकी बालिका

नेपालखबर
भदौ २८, २०७६ शनिबार १०:४९,

अमेरिकामा सेप्टेम्बर ११ लाई कालो दिनको रुपमा लिइन्छ। प्रत्येक वर्ष सेप्टेम्बर ११ तारिखका दिन अमेरिकामा शोक मनाइन्छ।

कारण सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकामा चार आतंकवादी आक्रमण हुँदा झन्डै ३ हजारले ज्यान गुमाएका थिए। अमेरिकाको ट्रेड टावर ध्वस्त भएको थियो।

सेप्टेम्बर ११ को सम्झनामा गत बुधबार अमेरिकामा शोक मनाइयो। गत सेप्टेम्बर ११ मा एक अनौठो संयोग पनि भएको छ।

अमेरिकाकी एक महिलाका अनुसार उनले सोही दिन छोरी जन्माइन्। यहाँसम्म त्यस्तो केही संयोग देखिदैन।

तर जब उनले ९/११ गते, ९ः११ बजे राति, ९.११ पाउन्ड तौल भएकी छोरी जन्माएको बताइन् यो खबर विश्वभर भाइरल बनेको छ।

क्रिष्टिनाका आमाबुवा

यसलाई मानिसहरुले कस्तो अनौठो संयोग भनेर प्रतिक्रिया जनाइरहेका छन्। सेप्टेम्बर ११ लाई सन् २००१ मा अमेरिकामा भएको हमलापछि छोटकरीमा ९/११ भन्ने गरिन्छ।

क्रिष्टिना ब्राउन नाम दिइएकी बालिका टेनेसीको जर्मनटाउनको एक अस्पतालमा जन्मेकी थिइन्। “उनी विध्वंस र विनाशबीच एउटा नवजीवन हुन्’ उनकी आमा क्यामेट्रोअन मूरब्राउनले बीबीसीसँग भनिन्।

क्रिष्टिनालाई शल्यक्रिया गरेर निकालिएको थियो र जतिबेला उनको जन्म समय र तौल लेखियो, अस्पतालका कर्मचारी आश्चर्य चकित बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .