ad ad

गण्डकी


पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान थाल्न व्यवसायीको माग

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान थाल्न व्यवसायीको माग

नेपालखबर
चैत २७, २०७९ सोमबार १९:२८, पोखरा

पोखरामा पर्यटन व्यवसायीहरुले पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

उनीहरूले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर अहिलेको वित्तीय संकटबाट बचाउन, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न, पृथ्वीराजमार्ग निर्माण छिटो र व्यवस्थित बनाइदिन माग गरेका हुन्।

पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा‍ प्रकाशशरण महत र पर्यटनमन्त्री सुदन किरातीलाई भेटेर ज्ञापन पत्र पनि बुझाएका छन्।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउँदै चैत मसान्तसम्म किस्ता र ब्याज तिर्न नसक्ने जानकारी गराए।

जवाफमा प्रधानमन्त्री दाहालले व्याजदर एक अंकमा झार्न कसरत गरिरहेको बताए। ऋण लिएपछि तिर्दिन भन्न नपाइने तर त्यसका लागि सरकारले सहज वातावरण भने बनाइदिने उनको भनाइ थियो।

अर्थमन्त्री डा. प्रकाशशरण र पर्यटनमन्त्री सुदनले अहिले सरकार वित्तीय संकटप्रति गम्भीर रहेको र चाँडै केही न केही निर्णय आउने बताए। 

प्रधानमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति भारत र चीन भ्रमणको प्रमुख एजेण्डा नै रहेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .