ad ad

गण्डकी


स्याङ्जामा खाना पकाउने ग्याँस ‘लिक’ हुँदा आगलागी, ३ जना घाइते

स्याङ्जामा खाना पकाउने ग्याँस ‘लिक’ हुँदा आगलागी, ३ जना घाइते

नेपालखबर
असार २१, २०८० बिहिबार १३:०, काठमाडौँ

स्याङ्जामा खाना पकाउने ग्याँस चुहावट (लिक) हुँदा आगलागी भएको छ। आगलागीमा परेर ३ जना घाइते भएका छन्। 

स्याङ्जा हरिनास गाउँपालिका ६ हटियास्थित नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भएको हो। 

त्यसपछि भएको आगलागीमा परी ६० वर्षीय नारायण मानन्धर, ३४ वर्षीय रोशन भन्ने खिमनारायण मानन्धर र २० वर्षीय विशाल मानन्धर घाइते भएका हुन्।

नारायण र खिमनारायणको दुवै खुट्टाका केही भाग जलेको छ। विशालका दुवै खुट्टा र अनुहारको केही भाग जलेको छ। 

उनीहरुको अहिले पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .