ad ad

गण्डकी


मणिपाल अस्पताल र मृतकका परिवारबीच ६ बुँदे सहमति

मणिपाल अस्पताल र मृतकका परिवारबीच ६ बुँदे सहमति

मणिपाल अस्पतालमा हुलदंगा भएका बेलाको तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार ११:०, पाेखरा

पोखरास्थित मणिपाल शिक्षण अस्पताल र मृतकका परिवारबीच ६ बुँदे सहमति भएको छ। 

उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की  सुकमाया दुराको परिवार र अस्पताल प्रशासनबीच सहमति भएको हो। 

श्वासप्रश्वास र ढाड दुख्नेसम्बन्धी बिरामी भएपछि यही असोज ७ गते उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकी ५७ वर्षीया दुराको उपचारका क्रममा भोलिपल्ट दिउँसो मृत्यु भएको थियो। त्यसपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मणिपाल अस्पतालका चिकित्सकलाई आक्रमण गरेका थिए। त्यसयता दुवै पक्ष आन्दोलनरत थिए। 

सो विषयमा पीडित परिवार, स्थानीय बुद्धिजीवी, भद्र भलाद्‌मी, मणिपाल शिक्षण अस्पतालका सञ्चालक, कर्मचारी र चिकित्सकसमेतको सहभागितामा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुई पक्षबीच ६ बुँदे सहमति भएको हो। 

यस्ता छन् सहमति
१. मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने।

२. अल्पसंख्यक दुरा जातिका लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनी सिफारिस गरेको अवस्थामा मणिपाल शिक्षण अस्पताल प्रशासनले त्यस्ता बिरामीको उपचारमा छुट गराउने र निःशुल्क गर्ने।

३. मृतक सुकमाया दुराको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने।

४. दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनको कार्यक्रमहरू आजैको मितिबाट स्थगित गर्ने।

५. विनय गुरुङउपर दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसुर मुद्दामा कानुनी रीत पुर्‍याई यथाशिघ्र सहजीकरण गर्ने।

६. दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक समस्त परिवारजनहरूमा समवेदना व्यक्त गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .