कास्कीको फेवातालमा हावाहुरीका कारण डुङ्गा दुर्घटना भएको छ। बिहीबार अपरान्ह साढे ४ बजेतिर डुङ्गा दुर्घटनामा परेकी अष्ट्रियाकी युवतीलाई प्रहरीले शकुशक उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हावाहुरीको कारण पोखरा महानगरपालिका १८ रातमाटेस्थित फेवा तालमा डुङ्गा चलाउँदै गरेकी अष्ट्रियाकी नागरिक २७ वर्षकी लाउराले चलाएको काठको डुङ्गा दुर्घटनामा परेको हो। डुङ्गामा उनी मात्रै सवार थिइन्।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका मालेपाटनबाट खटिएको उद्दार टोलीले २५ मिनेटपछि उद्धार गरेको हो।
प्रहरीका अनुसार उनको अवस्था सामान्य छ।
549
Shares
प्रतिक्रिया